जेनजीलाई वार्ता आउन प्रधानसेनापतिको आह्वान


काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानसेनापति सिग्देलले आन्दोलनरत समूहलाई आन्दोलन स्थगित गरी वार्तामा आउन आह्वान गरेका हुन् ।

उनले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन जेनजीलाई आग्रह गरेका छन् । उनले नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।