मुलुकको पछिल्लो परिस्थितिका बारेमा प्रधानसेनापति सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्दै


काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जेनजी प्रदर्शनपछिको परिस्थितिकाबारेमा प्रधानसेनापति सिग्देलले सम्बोधन गर्न लागेका हुन् ।

यसअघि आज दिउँसो मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए ।

त्यस्तै सेनाले पछि छुट्टै विज्ञप्ति जारी गरी सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन जेनजीलाई आग्रह गरेको थियो । उसले सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवासीलाई आग्रह गरेको छ ।