काठमाडौं । आठ देशका नेपालस्थित दूतावासले जेनजी पुस्तामाथि भएको दमनप्रति अपत्ति जनाएका छन् । अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासले संयुक्त विज्ञप्ति जारी गरी सोमबार काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा संवेदनशील भएका उल्लेख गरेका हुन् ।
उनीहरुले पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति समवेदना प्रकट गर्दै घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ। हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।’

प्रतिक्रिया