काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै मुलुकभर सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन् । उनले घटनामा परी निधन भएका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन् ।
राष्ट्रपति पैडेलले अप्रत्याशित रुपमा आज भएको यस्तो घटनाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गर्दै आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपील गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ भने तीन सय भन्दाबढी घाइते भएका छन् ।

प्रतिक्रिया