गृहमन्त्री लेखकले दिए राजीनामा


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्रीले राजीनामा बुझाएका हुन् ।

सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु र तीन सय भन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका हुन् । कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।