सुनसरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु


सुनसरी । सुनसरीको इटहरीमा जेनजीहरुको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए । उनीहरूमध्ये २ जनाको मृत्यु भएको हो ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको लागि अस्पताल ल्याइएका दुई युवकको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको जानकारी दिए ।