काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक दमन गरेको छ । प्रहरीको गोली लागेर अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु भएको छ । उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका ६ जनाको र निजामती अस्पतालमा २ जनाको मृत्यु भएको छ ।
अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले जानकारी दिए । निजामती अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको जानकारी दिए ।
त्यस्तै केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक/एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । घाइतेको ट्रमा, निजामती, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजी’हरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया