पोखरा । पोखरामा पनि समाजिक संजाल बन्द र भ्रष्टाचारविरुद्ध पोखरामा पनि युवाहरुले प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरु भ्रस्टाचारमा लिप्त भएका भन्दै युवाहरुले पोखराको सभागृहमा जेनजी पुस्ताले प्रदर्शन गरेका हुन् ।
मुलुकका नेताहरु भ्रस्टाचारमा लागेका र जनताले दुःख खेप्नु परिरहेकाले आफूहरु आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । प्रदर्शनमा सहभागी युवाले आफूहरुको आवाज अब सरकारले सुन्नुपर्ने बताएका छन् ।
उनीहरुले ‘स्टप करप्सन’, ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’ जस्ता प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया