काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजी’ पुस्ताले सोमबार गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् । आइतबार राति सामाजिक संजालमार्फत घिसिङले जेनजीको कार्यक्रममा ऐक्यवद्धता जनाएका हुन् ।
उनले भनेका छन्, ‘सरकारले भर्खरै केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा Gen Z पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्वता व्यक्त गर्दछौं ।’

प्रतिक्रिया