जेनजी पुस्तालाई नजिस्क्याउन सरकारलाई कोइरालाको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनजी पुस्ताको आवाज सुन्न सरकारलाई आग्रह गरेका छन् । आइतबार सामाजिक संजालमार्फत कोइरालाले जेनजीको आवाजको सुनुवाइ नगरे पछि पछुताउनुको विकल्प नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देशमै बसेर केही गर्छु भन्ने “जेनजी“ पुस्ताका होनाहार युवाहरु सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु सरकारमा बसेका र उनीहरुको बीचको सोचाईको अन्तर हो । उनीहरुको आवाज सुन्ने हिम्मत गरौं र आफूलाई परिवर्तन गरौं । नत्र पछि पछुताउनुको विकल्प पनि बाँकी रहन्न ।’