काठमाडौं । अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स प्रदान गरेको छ । बिहीबार बिहान जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन आर. थप्सनले स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरेका छन्
। हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा र रक्षा मन्त्री मानवीर राईलगायतको उपस्थिति थियो । एयर एम्बुलेन्स घाइते वा बिरामीहरुको उद्धारका लागि र स्काई ट्रक सामग्री ढुवानीका लागि प्रयोग हुने नेपाली सेनाले जनाएको छ ।







प्रतिक्रिया