मालपोत कार्यालय काभ्रेका कर्मचारी दुई लाख घुससहति अख्तियारको नियन्त्रणमा


काभ्रे । मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट गएको टोलीले धुलिखेलस्थित मालपोत कार्यालयमा छापा मारेको हो ।

अख्तियारको टोलीले २ लाख रुपैयाँसहित मुद्दा फाँटका नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।