भिडियोमा हेर्नुस्, खुम्बुमा बाढीको वितण्डा


सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर बगाएको छ । आइतबार राति थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा प्रवेश गर्दा ५ वटा घर बगाएको छ भने ६ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले जानकारी दिएका छन् ।

बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएका छन् । तत्कालीन उद्धार तथा राहत कार्यका लागि मानवीय सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले हाल अविरल वर्षा भइरहेकाले यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगायत तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।