काठमाडौं । विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनमा रहेका निजी विद्यालय संचालकहरुले सोमबार काठमाडौँ उपत्यकामा विद्यालय बससहित र्याली निकालेका छन् ।
संसदीय समितिबाट संसदमा पेस गरिएको विधेयकमा केही प्रावधान निजी विद्यालयको हित विपरीत रहेको भन्दै प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्याली निकालेका हुन् ।
भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तीनकुने, जडीबुटी र नयाँ बानेश्वरतर्फका विद्यालय बसहरू कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी ललितपुरका सबै विद्यालय बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने, कीर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालय बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथ परिक्रमा गर्ने, चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालय बसहरू कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गर्ने र्यालीका लागि स्कुल बसहरूको रुट निर्धारण गरिएको छ ।
उनीहरुले विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया