सिन्धुपाल्चोककी गंगा सोनामलाई नेपाल आइडल सिजन-६ को उपाधि


काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन-६ को विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बन्न सफल भएकी छन् ।

आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगा नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन् । विजेतालाई आयोजकले २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरेका छन् ।

फस्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गन्धारी भइन् । फस्ट रनरअप र सेकेन्ड रनरअपलाई क्रमशः १० लाख र ५ लाख रुपैयाँ पुरस्कार दिइएको छ । विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए ।