प्रधानमन्त्रीद्वारा चीनको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चीनको धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको उनको सचिवालयले जनाएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आजै विभिन्न विश्व नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । शनिबार चीनको तियानजिन पुगेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता गरेका थिए ।