काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तैपिच्छे प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन् ।
सोमबार काठमाडौंमा ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संग्रहको विमोचन कार्यक्रममा महामन्त्री थापाले शेरबहादुर देउवा र केपी ओलीले आलोपालो प्रधानमन्त्री चलाउने भनेर हप्तामा एक पटक सम्झनुको अर्थ नभएको बताएका हुन् ।
उनले भने, ‘डर र लोभ दुई वटा कुराबाट हामी मुक्त नभई अगाडि बढ्न सक्दैँनौ । काङ्ग्रेस अहिले ०८४ को चुनावमा के हुन्छ भन्ने चिन्ताबाट मुक्त हुनुपर्छ । काङ्ग्रेस केबाट पनि मुक्त हुनुपर्छ भने अलि पछाडि प्रधानमन्त्रीको जिम्मेवारी आउँछ भनेर । ओलीले जुन कुरा भन्नु हुन्छ नि, हामीले बिर्सिए पनि सम्झाउनु हुन्छ । म छोड्छु छोड्छु भनिरहनु भएको छ । तर उहाँले छोड्नु हुन्छ कि हुँदैन भन्ने कुराबाट मुक्त हुनुपर्छ ।’
अहिले राजनीति आफ्नो र परिवारका बारेमा भन्दा त्यो भन्दा माथि गएर सोच्न नसक्ने अवस्थामा पुगेको बताए ।

प्रतिक्रिया