विदेश पढ्न जाने विद्यार्थीले एकवर्षमा लगे एक खर्ब ३८ अर्ब ४८ करोड


काठमाडौं । गतवर्ष नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेश लगेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा विदेश पढ्न जाने विद्यार्थीले १२ अर्ब भन्दाबढी पैसा विदेश लगेको देखाएको हो ।

त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट विदेश भ्रमण गर्न जानेले ८५ अर्ब २४ करोड रुपैयाँ विदेशमा खर्च गरेका छन् ।