रोल्पा । रोल्पामा अरिङ्गालले टोकेका एक बालकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर घाइते भएका रोल्पाको त्रिवेणी गाउँपालिका –७ धाक्रीपानीका ७ वर्षीय मोहन परियारको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल रेउघामा उपचारका क्रममा राति १ बजेपछि बालकको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।
अरिङ्गालले टोक्दा स्थानीय १४ वर्षीया सुनिता परियार, १० वर्षीय शंकर परियार, १० वर्षीया मनिषा परियार, ४ वर्षीय आशिष परियार र ८ वर्षीय कमल परियार घाइते छन् । घाइते सबैलाई थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ ।
मृतक तथा घाइते सबै त्रिवेणी गाउँपालिका – ७ स्थित श्री वीरेन्द्र माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थी हुन । विद्यालयबाट तिलाको जंगल हुँदै घर फर्किँदै गरेका उनीहरुलाई बिहीबार अपरान्ह अरिंगालले टोकेको थियो ।

प्रतिक्रिया