उपत्यकाका तीन जिल्लाका सिडिओको हेरफेर


काठमाडौँ । गृह मन्त्रालयले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । मन्त्रालयले बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ ।

काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा छविलाल रिजाललाई पठाइएको छ भने काठमाडौँका ऋषिराम तिवारीलाई गृह मन्त्रालय तानिएको छ ।

त्यस्तै ललितपुरमा सहसचिव सुमन घिमिरे र भक्तपुरमा सहसचिव नमराज घिमिरेलाई पठाइएको छ । त्यस्तै दोलखा, भोजपुर, संखुवासभा, पाल्पा, सप्तरी,धनकुटा, ओखलढुंगा, बार, पर्सा, दाङ, सिरहा पनि प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।