प्रधानमन्त्रीलाई सिद्धार्थनगरका मेयरको पत्रः भारत भ्रमणमा जाँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग होस्


बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली आसन्न भारत भ्रमणमा जाँदा भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न पत्र पठाइएको छ ।

सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँको संयोजकत्वमा गठित संघर्ष समितिले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा जाँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न आग्रहसहितको पत्र पठाएको हो ।

अन्तर्राष्ट्रिय उडानविहीन हुन पुगेको विमानस्थललाई नियमित र दीगो रुपमा संचालनका लागि सरकारलाई दवाव सिर्जना गर्न सिद्धार्थनगरका मेयर खाँको संयोजकत्वमा गठित उक्त समितिको मंगलवार बसेको बैठकले उक्त निर्णय गर्दै पत्र पठाएको हो ।