काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुढानिलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु र तीन जना घाइते भएका हुन् ।
गोल्फुटारबाट बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र बुढानिलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००२ प ५७२ मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का पुरुषको अस्पतालमा मृत्यु भएको छ । तर उनको पहिचान नभएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी अपिलराज बोहराले घाइतेमध्ये गोरखा आरुपोखरीका २४ वर्षीय एरिक परियारको मात्र पहिचान भएको जानकारी दिए । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया