तेलअभिभमा अनि नारा लाग्यो ‘वि वान्ट विपिन(‘भिडियोसहित)


काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको खोजीका लागि यतिबेला उनकी आमा पद्या र बहिनी पुष्पा यतिबेला इजरायलमा छन् ।

काठमाडौंस्थित इजरायली दूतावासको सहयोगमा उनीहरु इजरायल गएका हुन् । विपिनकी आमा र बहिनी अहिले इजरायलमा उनको रिहाइका लागि आग्रह गर्दै विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । शनिबार साँझ इजरायलको तेलअभिभमा विपिनको रिहाइका लागि प्रदर्शन भएको थियो ।

त्यहाँ विपिनकी आमा र बहिनी पुष्पा पनि सहभागी भएका थिए । कार्यक्रमलाई विपिनकी बहिनीले सम्बोधन गरेकी थिइन् । उनले सम्बोधन गरिरहँदा विपिनलाई रिहाइ गर्न नाराबाजी भएको थियो ।

हेर्नुस् भिडियो