भारतीय विदेश सचिव र प्रचण्डबीच खुमलटारमा भेटवार्ता


काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

आइतबार खुमलटारमा पुगेर विदेश सचिव मिश्रीले प्रचण्डसँग भेट गरेका हुन्। भेटमा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ ।

मिश्री आज बिहान काठमाडौँ आएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आजै भेट गरिसकेका छन् ।