काठमाडौँ । काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो ।
महानगरले डोजर चलाएपछि सुकुम्बासी र नगर प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका उनीहरु विरोधमा उत्रिएका थिए । उनीहरुले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ ।

















प्रतिक्रिया