चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश


काठमाडौँ । अदालतले चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएका हुन् । गुन्डागर्दी गरेको आरोपमा साउन १५ मा साम्बाला होटलबाट चक्रे समूहलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध सरकारी वकिलको कार्यालयले अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । सरकारी वकिलले अभद्र व्यवहार सम्बन्धी कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना सजाय गर्न मागदावी लिएको थियो ।