प्रधानमन्त्रीको प्रश्नः कहाँबाट आउँछ सरकारले बहुविवाहलाई मान्यता दिँदैछ भन्ने हल्ला ?


काठमाडौँ । प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट गर्दै लोकतन्त्रका लागि लडेर आएका आफूहरुले यस प्रकारको कानुनको कल्पना पनि गर्न नसक्ने बताए ।

उनले भने, ‘हल्ला कसले चलायो ? सरकारले थाहा पाएको छैन । मैले थाहा पाएको छैन । कहाँबाट आउँछ त्यो ? बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागिएको छैन । बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन ।’

सामाजिक जागरण, सामाजिक न्याय, महिला हकअधिकारका लागि लडेर आएका पार्टीको सरकारले बहुविवाहलाई कानुनी मान्यता दिन्छ भन्ने सोच्न पनि नसकिने बताए ।