काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । मंगलबार दोस्रो पटक भैरहवा कारागार पुगेर अध्यक्ष लिङ्देनले लामिछानेसँग भेट गरेका हुन् ।
भेटपछि अध्यक्ष लिङ्देनले देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको बताएका छन् ।
उनले भेटमा सन्चो बिसन्चो, राष्ट्रिय राजनीति, संसदको गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचन लगायत विविध पक्षमा कुराकानी भएको जानकारी दिए ।
उनले भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त रहेको भन्दै लामिछानेलाई तत्काल काठमाडौँ सार्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया