इजरायल पुगेका विपिनकी आमा र बहिनीको आग्रहः यो युद्धमा विपिनको कुनै सम्बन्ध छैन, कृपया रिहा गरिदिनुस्


काठमाडौँ । हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको परिवार पहिलोपटक इजायल पुगेको छ । आमा पद्मा जोशी र बहिनी पुष्पा सोमबार इजरायल पुगेका हुन् ।

इजरायल पुगेकी विपिनकी आमा पद्याले पत्रकारहरूसमक्ष आमा पद्माले रुँदै भनिन्, ‘कृपया, मेरो छोरा उद्धार गर्नुहोस्। हमास, उसलाई अहिले घर फर्काऊ।’

बहिनी पुष्पाले इजरायली जनताप्रति समर्थनका लागि धन्यवाद दिँदै भनिन्, ‘दाजु अध्ययनका लागि आउनु भएको थियो, तर उहाँ असम्बन्धित युद्धमा फस्नु भएको छ । करिब दुई वर्ष भयो, हामी उहाँलाई फर्काउन चाहन्छौँ।’

विमानस्थलमा बिपिनका चार साथी र उनले अध्ययन गरेको इजरायली कृषि कलेजका अध्यक्ष पनि उपस्थित थिए । अक्टोबर ७ मा विपिन अन्य कृषि विद्यार्थी र थाई कामदारहरूसँग बाहिरी आश्रयस्थलमा लुकेका बेला आक्रमणमा परेका थिए। उनले फ्याँकिएको एउटा ग्रेनेड समातेर बाहिर फ्याँकेका थिए।

इजरायल भ्रमणका क्रममा परिवारले अलुमीम पुग्ने, उनका साथीहरू भेट्ने र सरकारी अधिकारीहरूसँग उनको अवस्थाबारे जानकारी लिनेछन् । उनीहरूले राष्ट्रपति इसहाक हर्जोग, परराष्ट्रमन्त्री गिडोन सार र सभामुख अमिर ओहानासँग पनि भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, नोभेम्बर २०२३ यतादेखि जोशीको जीवनको कुनै संकेत प्राप्त भएको छैन । हाल हमासको कब्जामा ५० जना बन्धक रहेको मानिन्छ, जसमा २० जीवित र २८ मृत भएको पुष्टि भएको छ। जोशी र इजरायली नागरिक तामिर निम्रोडीको अवस्था अझै अज्ञात छ।

भिडियोका लागि याहाँ क्लिक गर्नुस्