काठमाडौं । भारतको उत्तराखण्डमा बाढीपहिरोमा परी हराइरहेका २६ नेपालीको नाम सार्वजनिक भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले उत्तराखण्डका उत्तर काशी जिल्लामा २१ र पौडी गढवाल जिल्लामा ५ गरी २६ जना नेपाली हराइरहेको जानकारी दिएको हो । दूतावासले स्थानीय प्रशासनले हराइरहेका नेपालीको सूची दिएको उल्लेख गरेको छ ।
भारतको उत्तराखण्ड स्थानीय प्रशासनद्वारा आज ११ अगष्ट २०२५ मा उपलब्ध गराइएको जानकारी अनुसार उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगष्ट २०२५ मा गएको बाढी पहिरोमा हराइरहेका नेपालीहरूको विवरण @MofaNepal @Arzuranadeuba pic.twitter.com/E0zRm8kaRi
— Nepal Embassy, India (@EONIndia) August 11, 2025


प्रतिक्रिया