काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्राविधिकरुपमा सरकार भएपनि नैतिकरुपमा गिरेको बताएका छन् ।
पार्टीले तयार पारेको अन्तरवार्तामा सापकोटाले सरकार असफल भइसकेको र संख्याको हिसावले मात्र टिकेको बताएका हुन् । उनले जनता सरकारप्रति असन्तुष्ट रहेकाले त्यो विष्फोट हुनमात्र बाँकी रहेको बताए ।
उनले माओवादीको ध्यान अहिले सरकारतिर नभएको तर परिस्थितिले त्यसको निर्धारण गर्ने बताए । उनले प्रधानमन्त्री ओली राज्य संयन्त्र कब्जामा लिने रणनीतिमा रहेका बताए ।
सापकोटाले त्यसविरुद्ध पार्टी अध्यक्ष प्रचण्डले विपक्षी मात्र नभई सरकारमा रहेका दलहरूलाई पनि एकैठाउँमा ल्याउन सफल भएको बताए । उनले समाजवादी क्रान्तिको आधार तयार पार्न अब सडकबाट दबाब दिने बताए । उनले पार्टीमा समस्या आउने र समाधान हुने प्रक्रिया चलिरहने बताए ।

प्रतिक्रिया