प्रचण्डको आह्वानमा कांग्रेस र एमालेबाहेकका दल सिंहदरबारमा छलफलमा


काठमाडौँ । निर्वाचन आयोगले सुझाव दिन पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे विपक्षी दल छलफलमा जुटेका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा कांग्रेस र एमालेबाहेकका दलका नेता तथा संसदीय दलका नेताहरु सहभागी छन् । निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी कार्यविधि पठाएको थियो ।