स्वकीय सचिवमार्फत मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुखका स्वकीय सचिवलाई


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् । सोमबार लामाको तर्फबाट उनका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

लामाले आइतबार पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । प्रदेश प्रमुख देवकोटा स्वास्थ्य उपचारपछि आजै कार्यालयमा उपस्थित भएका थिए लामाले राजीनामा पत्र बुझाएसँगै अब नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु हुनेछ ।