काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत समाजशास्त्री निर्मला ढकालले विवाहित पुरुषले अन्य महिलासँग सम्बन्ध राखेमा बन्ध्याकरण गर्नुपर्ने सुझाव दिएकी छन् ।
सामाजिक संजालमार्फत ढकालले घरकी स्वास्नीलाई इनर धुन लगाएर बाहिर तान्डव मच्चाउने पुरुषलाई सिधै ”खसी” पार्दिए हुने बताएकी हुन् ।
उनले लेखेकी छन्, ‘विवाहित पुरुष हो भन्ने थाहा हुँदै पनि सम्बन्ध गाँसेर बच्चा नै जन्माउने तयारी गरिसकेपछि फेरि कसैको ‘श्रीमती’ भएर घरमा किन बस्न पर्यो ? प्यार किया तो डरना क्या भन्दै आफैंले जिम्मेवारी लिने हो, अरुको घर खोस्न जाने होइन । जहाँसम्म पुरुषको कुरो हो घरकी स्वास्नीलाई इनर धुन लगाएर बाहिर तान्डव मच्चाउँछ भने सिधै ‘खसी’ पार्दिए हुन्छ ।’

प्रतिक्रिया