काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न भएको आरोपमा ४७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले ठमेल र महाराजगंज क्षेत्रबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चक्रे मिलन पनि छन् । केही दिनअघि एउटा होटलमा चक्रे मिलनको बर्थडे मनाइरहेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
टिकटकमा उदण्ड दृश्य पोष्ट गरेपछि प्रहरीले चक्रेलाई निगरानीमा राखेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले उनीहरुकाबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया