सरुवा, बढुवा, प्रधानमन्त्री र मन्त्रीको विदेश भ्रमण स्वीकृतिलगायतका यस्ता मन्त्रिपरिषद बैठकका निर्णय


काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेका हुन् । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तानको भ्रमण स्वीकृतिदेखि विभिन्न नियुक्ति गरेको छ ।