काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित पूर्वगृहमन्त्रीमाथि अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ । आफूलाई अभियन्ता बताउने युवराज पौडेल ’सफल’ ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् ।
उनले प्रधानन्त्री र मन्त्रीहरुले पदको दुरुपयोग गर्दै मानव तस्करी गरेको दाबी गरेका छन् । पौडेलले प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखकसहित उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्रीहरू बामवदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधि, बालकृष्ण खाँण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्वश्रममन्त्री डोलप्रसाद अर्यालमाथि अनुसन्धान गर्न माग गरेका छन् ।










प्रतिक्रिया