बागमती । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ । दलको नेताका लागि इन्द्रबहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाको उम्मेदवारी परेको हो ।
उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि ११ बजेसम्म समय तोकिएको थियो । संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो ।
कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ जना देखिएका थिए । दलको नेताबाट हटाउने अविश्वासको प्रस्ताव पास भए पनि लामा मुख्यमन्त्री पदमा कायम छन् ।
उनले दलको नेताबाट हटेपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताउँदै आएका छन् । दलको नेता चयनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ ।

प्रतिक्रिया