डोल्पाको ठूलीभेरीको बाढीमा फसेका चार जना स्थानीयको यसरी गर्यो सेनाले उद्धार


काठमाडौं । नेपाली सेनाले डोल्पाको ठूलीभेरी  नदीमा फसेका चार जना स्थानीयको उद्धार गरेको छ । डोल्पा, ठूलीभेरी–३, धूपीचौरस्थित ठूलीभेरी नदीको बीचमा फसेका ४ जना स्थानीयको संग्राम शार्दुल गुल्मबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयहरूको सहयोगमा सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।