काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरेका छन् ।
मंगलबार बिहानै सडक विभागका अधिकारीहरूसहित मन्त्री दाहाल सुरुङ मार्गको निरीक्षण गर्न पुगेका हुन् । त्यसक्रममा मन्त्री दाहालले बाँकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिएका छन् ।
सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेका स्थानमा केही काम भइरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया