सिन्धुलीको गोलाञ्जोरका एकै परिवारका १६ जना सम्पर्कविहीन


सिन्धुली । सिन्धुलीको गोलाञ्जोरका एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् । गोलान्जोर गाउँपालिका वडा नम्बर ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको १६ जना परिवार सम्पर्क विहीन भएका वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिएका छन् ।

वडाध्यक्ष श्रेष्ठले सामाजिक संजालमार्फत १६ जनाको परिवार सम्पर्कविहीन भएको तथा बाख्रा, कुखुरा र भैंसी अलपत्र अवस्थामा रहेका जानकारी दिएका छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

\