नेपाली सेनाले गर्यो सुन्दरीजलस्थित खोलामा फसेका पाँच जनाको उद्धार


काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिकैको खोलामा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीलाई सकुशल उद्धार गरिएको छ ।

गएराति आकस्मिक रूपमा पानीको बहाव बढ्दा खोलाको बीचमा फसेका उनीहरूलाई नेपाली सेनासहितको टोलीले उद्धार गरेको हो ।

नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको टोलीले, अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा ती तीर्थयात्रीहरूलाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।