काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेलको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको हो ।
मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार अनिवार्य अवकासमा गएपछि रिक्त पदमा पौडेललाई सिफारिस गरिएको हो । पौडेल रजिष्ट्रार पदमा नियुक्त भएको डेढ वर्षमै मुख्य रजिष्ट्रार नियुक्त हुन सफल भएका छन् ।
पौडेल २०५९ साल चैत १८ मा नेपाल न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतमा नियुक्त भएका थिए । यस्तै रजिस्ट्रारमा सर्वोच्च अदालतकै सहरजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया