काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम भइरहेको छ । अहिले प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम हाल अन्तिम चरणमा पुगेको छ । रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो ।
यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र ६ वटा फ्लडलाइट जडान गरिँदैछ । प्यारापिटमा पहेंलो, सेतो, खैरो, हरियो, निलो र सुन्तला गरी छ रङका कुर्सी जडान हुनेछन् । प्यारापिटलाई रंगशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुई गरी आठ खण्डमा विभाजन गरिएको छ ।
प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछ । मैदानको प्यारापिट बनाउन बिकेओआई–केसिडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको हो । फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्टभेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६५३ रुपैयाँमा ठेक्का पाएको थियो ।
दुई कम्पनीसँग सरकारले १९ र २२ पुसमा सम्झौता गरेको थियो । तर समयमै काम पूरा नभएपछि अहिले ठेकेदार कम्पनीलाई दैनिक दुई लाख हर्जना तिराइएको छ ।









प्रतिक्रिया