ठूला दलका ठूला नेता देशका महत्वपूर्ण नदीनाला विदेशीको हातमा सुम्पन्न तल्लीन रहेका भीम रावलको आरोप


काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले सरकारले देशका अमूल्य नदीनालाको सदुपयोग गर्नेतर्फ गम्भीरता नदेखाई विदेशीलाई हस्तान्तरण गर्न तल्लीन भएको आरोप लगाएका छन् ।

शनिबार सामाजिक संजालमार्फत रावलले सरकारले नदी र खोलानालाको धनी देश भए पनि त्यसको उचित उपयोग गर्ने दीर्घकालीन योजना नबनाउनु गम्भीर लापरबाही भएको बताएका हुन् । उनले सरकार आफ्नै स्रोत साधन विदेशीलाई सुम्पन प्रतिस्पर्धामा लागेको आरोप लगाए ।

यस्तो छ रावलको भनाई