रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले दुई महिनादेखि बैठक बहिस्कार गर्दै आएका छन् ।

शुक्रबार सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।

दुवै दलका सांसदहरूले आफ्नो कुरा राखेपछि दुवै पार्टीका सांसदहरू संसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।