पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विशेष पत्रकार सम्मेलन गर्ने भएकी छन् । नेकपा (एमाले) केन्द्रीय कमिटीको हालैको बैठकको निर्णय र त्यसपछिको राजनीतिक परिस्थितिका विषयमा जानकारी गराउनका पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

पत्रकार सम्मेलन शुक्रबार दिउँसो ३ बजे कार्की बैंक्वेटमा हुनेछ । पत्रकार सम्मेलनमा पत्रकारहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।