काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक संसदीय समिति पठाइएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन राखेको प्रस्ताव सदनले स्वीकृत गरेको हो ।
भूमिसम्बन्धी अध्यादेशमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि फिर्ता लिएको थियो । उही प्रावधानसहित विधेयक ०८२ वैशाख २३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।
विधेयक प्रतिनिधिसभाबाट असार २५ गते पारित गराउने सरकारी योजना थियो । तर, सत्तारूढ नेपाली कांग्रेसले समिति पठाउनुपर्ने अडान राखेपछि कार्यसूचीबाट हटाइएको थियो ।

प्रतिक्रिया