काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो मौनतालाई डराएको अर्थमा नबुझ्न चेतावनी दिएका छन् । सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समिति अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई पदमुक्त गरेपछि मतभेद बढिरहेका बेला मिश्र मौन थिए ।
उनले भनेका छन्,‘मेरो जुँगा धेरै नतान्नोस् न, कृपया ! देशमा प्रमुख नेताहरूले ‘देशमा’ धेरै विवाद र संकट भयो भने सार्वजनिकरपमा ‘बोल्नु पर्छ’। तर देशका प्रमुख नेताहरूले ‘पार्टीभित्र’ धेरै विवाद र संकट भयो भने सार्वजनिकरूपमा धेरै ‘बोल्नु हुँदैन’। म देशको प्रमुख नेता होइन तर पदीयरूपमा पार्टीको एकजना प्रमुख नेता हुँ । त्यसैले म अत्यावश्यक नभई बोल्दिन। सबैले एकै पटक बोल्नु पर्दैन । नबोल्नुलाई ‘डराएको’ भनेर कसैले सोचेको छ भने त्यसको मूल्य महंगो पर्न सक्छ ।’

प्रतिक्रिया