नेपाल प्रहरीका ११ एसपीको एसएसपीमा बढुवा सिफारिस


काठमाडौं । नेपाल प्रहरीका ११ एसपीको एसएसपीमा बढुवा सिफारिस भएको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

बैठकले तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रवीण धिताल, राजीब बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयालको बढुवा सिफारिस गरेको हो ।